काठमाडौँ । दुईदिनको प्रदर्शनबाट उत्पन्न परिस्थितिका कारण ठप्प भएको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।विमानस्थल सुरक्षा समितिको बैठकले हिजोबाट बन्द गरिएको हवाई उडान आजैबाट सुचार हुने निर्णय गरेको हो ।
विमानस्थलको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’
