नेपालगन्ज : नेपालगन्जको न्युरोड बौद्ध गुम्बा नजिक रहेको एक होटेलमा प्रहरीले छापा मारेको छ ।
वडा प्रहरी कार्यालयको टोलिले न्युरोड गुम्बा नजिकको एक होटेलमा (होटेलको बोर्ड समेत नभएको) छापा मारेर १८ जना युवायुवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् ।
न्युरोडको एक होटेलबाट १८ जना युवायुवतीहरु पक्राउ गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिएका छन् ।
सुनारका अनुसार पक्राउ युवायुवतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा लगिएको बताएका छन् ।