२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

काठमाडौमा सबैजसो तरकारी महँगिए, काउलीको भाउ किलोमै २९ रुपैयाँ बढ्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ। सबैभन्दा धेरै काउलीको मूल्य किलोमै २९ रुपैयाँ बढेको छ।

त्यसैगरि करेला, च्याउ, गोलभेँडा, भन्टासहितका तरकारीको मूल्य  पनि बढेको छ। तर, भारतीय आलु र प्याजको भाउ भने थोरै घटेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४८, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २०, लोकल बन्दा २१, स्थानीय काउली ५१, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ७०, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३३, कन्य च्याउ २८०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८३ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु १९, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २०, स्थानीय काउली २२, लाम्चो भन्टा ४०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३२, कन्य च्याउ २२५, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।