२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

विश्वको सबैभन्दा ठुलो प्राकृतिक ग्यास क्षेत्रमा आक्रमणपछि तेलको मूल्यमा वृद्धि !

इरान : विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा हवाई आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। इरानी सञ्चारमाध्यमहरूले गरेको उक्त दाबीपछि तेलको मूल्य प्रति ब्यारेल १०८ डलरभन्दा माथि पुगेको छ।

ब्रेन्ट क्रुड आयलको मूल्य १०८.६० डलर प्रति ब्यारेल सम्म पुगेको छ, जुन मंगलबारको मूल्यको तुलनामा ५ प्रतिशतले बढी हो। त्यस्तै बेलायती ग्यासको बेन्चमार्क मूल्यमा पनि तीव्रता देखिएको छ। यो करिब ६ प्रतिशतले बढेर १३९ पेन्स प्रति थर्म पुगेको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स(आईआरजीसी) सँग आबद्ध न्युज एजेन्सी तस्नीमले इरानको साउथ पार्स ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको जानकारी दिएको थियो।

साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो। यस क्षेत्रमा इरान र कतार दुवै देशले आफ्ना प्लान्टहरू सञ्चालन गर्दै आएका छन्। ‘तस्निम’का अनुसार आक्रमण बुधबार भएको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।