नेपालगञ्ज , नेपालगञ्ज टेक्निकल कलेजले आज शैक्षिक प्रद्धर्शनी गरेको छ ।
कलेजको प्रांगणमा आयोजना गरिएको शैक्षिक प्रदर्शनी कार्यक्रमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले गर्नु भएको थियो ।

कलेजमा विद्यार्थीहरुले आर्जन गरेको शैदान्तिक ज्ञानलाई व्यवहारिक पक्षबाट देखाउन खोजिएको कलेजका प्रिन्सिपल अमित थापाले जानकारी गराउनु भयो ।

कलेजले शैक्षिक सामाग्री प्रद्धर्शनी कार्यक्रम स्थापनाको प्रायः हरेक वर्ष गर्दै आएको छ । प्रद्धर्शनीमा शुन्दर शहर निर्माण, विभिन्न पुल निर्माण, व्यवस्थित रुपमा सजिएको गाउँ समाज निर्माण, स्वास्थ्य चौकीको व्यवस्थापन र आफ्नै कलेज निर्माण जस्ता गतिविधि प्रद्धर्शनी गरिएको थियो ।

कलेजमा हाल तीन वर्षिय सामान्य चिकित्सक, ल्याब टेक्निसियन, सिभिल ओभरसियर र कम्प्युटर इन्जिनियर संकायमा अध्यापन हुदै आएको छ ।