फेरि वर्षाले रोकियो नेपाल र यूएईको फाइनल खेल !

उज्यालो खबर मुख्य खबर

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो ।

यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *