२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

काठमाडौं । शाही युवा शक्ति, नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशको स्वागत गरेको छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले आज एक वक्तव्य जारी गरेर पूर्वराजा शाहको भिडिओ सन्देशको स्वागत तथा पूर्ण समर्थन गरेका हुन् ।

उनले आम नेपाली जनतालाई देश बचाउन राजासँग हातमालो गरी सडकमा उत्रिनसमेत आह्वान गरेका छन्

नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला डुडुवा गाउँपालिका–५ का बस्ती–बस्तीमा घरदैलो अभियानमा व्यस्त देखिनुभएको छ। जब्दहवाबाट सुरु भएको भेटघाट कार्यक्रम डलैपुरसम्म पुग्दा स्थानीयको सहभागिता र उत्साहले चुनावी माहोललाई थप जीवन्त बनाएको छ।
जब्दहवामा उम्मेदवार बिष्टले किसान, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्नुभयो। वर्षौंदेखि दोहोरिँदै आएको सिँचाइको समस्या, मल–बीउको अभाव, कृषि उत्पादनको उचित मूल्य नपाउने पीडा र आधारभूत पूर्वाधारको कमजोर अवस्थाबारे स्थानीयले खुलेर गुनासो राखेका थिए। बिष्टले ती समस्यालाई गम्भीरतापूर्वक लिँदै योजनाबद्ध ढंगले समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकासलाई नारामा सीमित नराखी कार्यान्वयनमा केन्द्रित गर्ने धारणा राख्नुभयो।
जब्दहवाको कार्यक्रमपछि डलैपुरमा पुगेको टोलीलाई पनि स्थानीयले आत्मीय स्वागत गरेका थिए। घर–आँगनमै पुगेर समस्या सुन्ने र समाधानको खाका प्रस्तुत गर्ने शैलीले धेरैलाई प्रभावित बनाएको देखिन्थ्यो। डलैपुरका बासिन्दाले सडक सुधार, खानेपानी व्यवस्थापन, कृषि आधुनिकीकरण, युवालाई स्वरोजगारका अवसर र स्वास्थ्य सेवाको स्तरोन्नतिजस्ता विषय उठाएका थिए।
उम्मेदवार बिष्टले जनताको विश्वासलाई आफ्नो अभियानको आधार मान्दै विकासका लागि स्थानीय आवश्यकतालाई प्राथमिकता दिने बताउनुभयो। उहाँका अनुसार डुडुवा क्षेत्र कृषि र साना उद्यमका दृष्टिले सम्भावनायुक्त भएकाले त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन सकिन्छ।
घरदैलो अभियानका क्रममा देखिएको सहजता, नम्रता र प्रत्यक्ष संवादको अभ्यासले उम्मेदवारप्रति स्थानीयको भरोसा क्रमशः बढिरहेको संकेत मिलेको छ। जब्दहवाबाट डलैपुरसम्म फैलिएको यो अभियानले डुडुवा क्षेत्रमा चुनावी गतिविधिलाई सक्रिय बनाउनुका साथै अपेक्षा र आशाको वातावरण सिर्जना गरेको छ। अब स्थानीय बासिन्दा परिणाममुखी नेतृत्वको खोजीमा आगामी निर्वाचनलाई चासोका साथ हेरेर बसेका छन्।
टवल – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका अवसरमा बहिष्कारको नाममा राजनीतिक गतिविधि भड्काउन सक्ने जोखिमविरुद्ध सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएकी छन्।
शनिबार बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले बहिष्कारको आडमा जनतालाई डर देखाउने र अवैध रकम असुली गर्ने प्रवृत्ति बढेको देखिएको बताइन्। उनले भनिन्, ‘जनतासँग नजाने, संगठन निर्माण नगर्ने तर दुई–चार जनाले बहिष्कारको हल्ला फैलाउँदै चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ। राजनीति गर्ने हो भने मतदातासँग प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउनु देशको राजनीतिक निकासका लागि अपरिहार्य रहेको पनि स्पष्ट पारिन्। उनले सम्भावित झडप र विवादको सामना गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिँदै भनिन्, ‘निर्वाचन जित–हारको प्रतिस्पर्धा हो, जस्तोसुकै चुनौती आए पनि राज्यले सामना गर्नुपर्छ। यो देश हामी आफैंले बनाउने हो।’

काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पुर्यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।