प्रहरी बिटमा पनि चल्यो महानगरको डोजर !

उज्यालो खबर मुख्य खबर

काठमाडौं महानगरपालिकाले बागबजारस्थित पुरानो बसपार्कको फुटपाथमा रहेको ट्राफिक प्रहरी बिटमा डाेजर चलाएकाे छ।

महानगरले यसअघि नै फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाउन निर्देशन दिएको थियो। सोहीअनुसार नै उक्त बिट हटाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

‘अनधिकृत रूपमा बनाइएका त्यस्ता बिटहरू भत्काउँदै जानेछौँ,’ प्रवक्ता मानन्धरले भने। उनका अनुसार उक्त ठाउँमा रहेको बिटलाई २८ वडा कार्यालयसँगैको भवनमा राख्ने व्यवस्था गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *