ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुस्थित चित्रेमा गएराती चट्याङ लागेर १० वर्षिय बालकको ज्यान गएको छ । घरमा बसिरहेको बेला बेलुकी ८ बजेतिर चट्याङ परेर १० वर्षीय बालक फुर्वादोर्ची शेर्पाको ज्यान गएको हो ।
बुवा ४७ वर्षीय दारिन्जेन शेर्पा र आमा ४७ वर्षीया निङ्माल्हामू शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ ।
मृतक बालकको सव पोस्टमार्टमका लागि गएराति नै जिल्ला अस्पताल ल्याइएको छ । बिहीबार शवको पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार घरमा बसिरहेको बेला परेको चट्याङले घरमा गरिएको विजुलीका वेयरिङका सामान समेत जलेका छन् ।