‘हिप्पप डान्स’को कथालाई समेटिएको चलचित्र “ज्याकी” को टिम नेपालगन्जमा !

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

नेपालगन्ज :  चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकारसंग चलचित्रको बारेमा साक्षात्कार गरेका छन् ।

शनिबार चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकार संग साक्षात्कार गरेको हो ।

टिम शुक्रबारबाट मोफसलका दर्शकसँग भेटघाट गर्न निस्किएको हो । शुक्रबार चलचित्रको टिमले बुटवलका दर्शक संग भेटघाट गरेको थियो भने शनिबार  चलचित्र प्रमोसनको लागी ‘ज्याकी’ टिम बुटवल पछि नेपालगन्ज आइपुगेको हो ।

‘ज्याकी – आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । शनिबार नेपालगन्जका पत्रकार संग कुरा गर्दै टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।

पत्रकारहरुसँग साक्षात्कार गर्दै ‘ज्याकी आई एम ट्वान्टिवान’मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले ‘ज्याकी – आई एम ट्वान्टिवान’को माध्यमबाट नेपालमा पहिलोपटक ‘हिप्पप डान्स’को कथालाई समेटिएको बताए ।

त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विजय सुवेदी आवाजले नयाँ कथामा बनेको ‘ज्याकी – आई एम ट्वान्टिवान’ले राम्रै ब्यापार गर्ने बताए । साथै उनले ‘डान्स’मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको बताए ।

अब ‘ज्याकी आई एम ट्वान्टिवान’को टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुँनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ्दै गएको साक्षात्कारमा जनाइएको थियो ।

कार्यक्रम चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष राम चन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *