भारतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १५९० संक्रमित !

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

नयाँ दिल्ली : भारतमा फेरि कोरोना भाइस संक्रमण बढेको छ। भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका छन्।

शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्‍लीमा १३९ जनामा संक्रमण देखिएको थियो। योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको  छ। १४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी भेटिएका हुन्।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ६०१ पुगेको छ।  

यसैबीच,स्वास्थ्य मन्त्रालयले एक सुझाव जारी गरेको छ। कोभिडबाट बच्न ३-टी सूत्र सुझाव दिइएको छ। यी ३-टीहरू ट्र्याकिङ, खोप र परीक्षण हुन्।

दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले सहरका अस्पतालमा इन्फ्लुएन्जाका धेरै केसहरू नभएको र स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन्।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) ले इन्फ्लुएन्जाका केसहरूमा वृद्धि H3N2 भाइरसका कारण हुनसक्ने बताएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *