विश्वभर क्षयरोगबाट मृत्यु भएकाहरुको श्रद्धान्जली अर्पण गर्न तथा रोग लागेका व्यतिmको स्वास्थ्य लाभको कामना गदै विश्व क्षयरोग दिवस शुक्रबार मनाइदैछ ।
नेपालमा यो वर्ष हामी क्षयरोग अन्त्य गछौँ भन्ने मुल नारा रहेको छ । क्षयरोेग प्रणघात रोग हो । नेपालमा यो रोगको अवस्था कस्तो छ त ?
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । यो रोग श्वासप्रस्वासको माध्यमबाट सजिलै सर्ने गर्दछ ।
साथै यो रोग मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सररोगी जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने गर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ६९ हजार यो रोगका नयाँ विरामी थपिने गरेको छ ।
साथै करिब १७ हजार जनाको मृत्यु हुने गरेको अनुमान समेत डब्लुएचओको छ । नेपालमा क्षयोगीको अवस्था हेर्ने भने नयाँ र पुराना गरी करीव १ हजार १७ सय विरामी रहेको अनुमान छ । नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गरेपनि ३२ हजार क्षयरोगी उपचारको दायरामा आउन सकेका छैनन् ।
हजारौ विरामी उपचारको दायरामा ल्याउन नसकिएकाले क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्ति गर्न ठूलो चुनौती थपिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा ३७ हजार ८ सय ६१ जना क्षयरोगीका विरामी उपचारकामा पुगेका थिए ।
जसमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८ दशमलव ४ प्रतिशत महिला तथा करिब ८ दशमलव ७ प्रतिशत बालबालिका रहेका छन् ।
क्षयरोगका लक्षणहरु
२ हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागिरहने
साँझपख ज्वरो आउने
तौल घट्दै जाने
खानाको स्वाद नलाग्ने
खकारमा रगत देखा पर्ने
यदि यस्ता लक्षण देखिएमा क्षयरोगको परिक्षण अनिर्वाय गर्नु पर्छ । कतिपय विरामी क्षयरोगको औषधी उपचार महंगो हुने डरले अस्पताल सम्म नपुगको यसका जानकार बताउँछन् । तर सरकारले क्षयरोगको औषधी उपचार निशुल्क रुपमा गर्दै आएकाले कुनै शंका लागेमा परिक्षण गरिहाल्न समेत राष्ट्रिय क्षयरोग केन्द्रको आग्रह छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको छ । तर क्षयरोग सरुवा रोग भएकाले ३२ हजार विरामी उपचारको पहुँचमा आउँन नसक्दा समुदायमा क्षयरोग सर्ने खतरा बढाएको छ ।
साथै क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य माथि समेत चुनौती थपिएको देखिन्छ ।