बालुवाटारमा युक्रेनमाथिको आक्रमणको विरोधमा नागरिक अभियन्ताहरू !

उज्यालो खबर मुख्य खबर

वरिष्ठ चिकित्सक गोविन्द केसी तथा नागरिक अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मौन विरोध गरेका छन्।

केसी र अभियन्ताहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि निरन्तर हमला गरेकोविरूद्ध शान्तिपूर्ण विरोध गरेका हुन्।

जिम्मेवार नागरिक र मानवताका हैसियतले पुटिनको अमानवीय व्यवहारसँग मौन रूपमा बस्न नसकिने भन्दै उनीहरू बालुवाटारअगाडि धर्नामा बसेका हुन्।

धर्नामा बसेकाहरूले ‘रूसी जनताहरू युक्रेनमा शान्ति ल्याउन मद्दत गर’, ‘हामी युक्रेनी जनताको साथमा छौं’, ‘युक्रेनमा नरसंहार बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

विगत ६ हप्तायता रूसले युक्रेनमा आक्रमण गरिरहेको छ। त्यहाँ हजारौं सार्वजनिक भवन, संरचना ध्वस्त भएका छन् भने लाखौं मानिसहरू देश छोड्न बाध्य छन्।

अभियन्ता केसीले नेपालस्थित दूतावासमार्फत् रूसी राष्ट्रपतिलाई चिठी पनि पठाएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *