मेयरका उम्मेदवार कमरुद्दिन राईका यस्ता छन् प्रतिवद्धताहरु !

उज्यालो खबर मुख्य खबर हेलो स्थानीय सरकार

नेपालगन्ज : जनता समाजबादी पार्टी बाँके अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार मोहम्मद कमरुद्दिन राईले आर्थिक अभावमा उपचार गर्न नसक्ने नेपालगन्जबासीलाई उपमहानगरपालिकाले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले प्रतिवद्धता सार्वजनिक गर्दै भेरी अस्पतालको सेवालाई प्रभावकारी बनाउने बताउँदै अस्पतालले निशुल्क दिन नसक्ने स्वास्थ्य सेवाका लागि उपमहानगरले रकम उपलब्ध गराउने बताए ।

‘भेरी अस्पतालबाट निशुल्क पाइने सेवा बाहेक अन्य सेवा आवश्यक पर्ने विरामीका लागि उपमहानगरले रकम उपलब्ध गराउने छ,’ मेयरका उम्मदेवार राईले भने ।

उनले नेपालगन्ज उपमहानगर भित्र संचालनमा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा प्रदान गर्ने ब्यवस्था मिलाउने बताए ।

एमविविएस चिकित्सकको ब्यवस्था गरि सम्बन्धित वडाका विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाई छ । ‘एक जना एमविविएस चिकित्सकलाई दिनमा दुई–तीन वटा आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गर्ने ब्यवस्था मिलाइने छ,’ उनले भने ।

उनले जेष्ठ नागरिकको निशुल्क आँखा जाँच गरिने बताउँदै आवश्यकता अनुसार जेष्ठ नागरिकलाई निशुल्क चस्मा प्रदान गरिने प्रतिवद्धता जनाए ।

त्यसैगरि, सामुदायिक विद्यालयमा निजी तथा आवासिय विद्यालय सरह पठन पाठनको ब्यवस्था गरिने बताउँदै गरिव तथा सिमान्तकृत परिवारका बालिकाका लागि उच्च शिक्षा आर्जन गर्ने बातावरण मिलाउने मेयरका उम्मेदवार राईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *