पारस्परिक सहयोग समाजको ३४ औं साधारण सभा सम्पन्न

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : नेपाल – चीन बीच रहेको ऐतिहासिक मैत्री सम्बन्धलाई जनस्तरबाट प्रगाढ, सुमधुर र दरिलो बनाउने उद्देश्यले स्थापना गरिएको नेपाल -चीन पारस्परिक सहयोग समाजको ३४ औं साधारणसभा विविध कार्यक्रम सहित भव्य रुपमा आज नेपालगन्जमा सम्पन्न भएको छ ।

विभिन्न संस्कृति झल्काउने नाचगान सहित नेपालगन्जको स्थानीय सि-एस-टी- होटल एण्ड पार्टी प्यालेसमा भएको साधारणसभामा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका कि उपमेयर उमा थापा मगर , विशिष्ट अतिथिमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा बोल्दै नेपाल चीन पारस्परिक सहयोग समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गर्नु भएको प्रेम सागर पौडेलले यस संस्थाले दुई देशको सुमधुर सम्बन्ध कायम गर्न पुलको काम गरेको बताउनुभयो । कार्यक्रम बोल्दै पौडेलले दुई देशका बीच सांस्कृतिक, धार्मिक, सामाजिक , भौतिक , शैक्षिक , प्राविधिक लगायतका विषयमा संस्थाले काम गरिरहेको र अझै यसलाई सशक्त रुपमा लैजाने बताउनुभयो ।

साधारणसभा कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि अब्दुल वाहीद मन्सुरीले लामो समयसम्म रहेको संस्था आफुले अहिलेसम्म थाहा नपाएको र अबका दिनमा दुबै देशको सुमधुर सम्बन्ध नजिकका देशहरूसंग रहनुपर्नेमा जोड दिनुभएको थियो । चीनका नेता, जनता र त्यहाँको विकासबाट नेपालीले सिक्नुपर्ने धेरै रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका कि उपमेयर उमा थापा मगरले हामीहरु नेपाल भारत मैत्री संघसंग जोडिएर जसरी सुमधुर सम्बन्ध रहेको छ त्यस्तैगरि नेपाल र चीनसंग पनि त्यस्तै सम्बन्ध कायम राख्न यो संस्थाले भूमिका खेल्नेमा आशावादी रहेको बताउनुभयो । आउँदा दिनहरूमा पनि चीनसंगको मित्रता कायम गर्दै संस्थाले गर्ने कामहरूमा बाँके जिल्ला मा पनि सक्रिय रुपमा लागु रहने अपेक्षा राख्नुभयो ।

आजको साधारणसभाले अध्यक्षमा पुनः प्रेम सागर पौडेल, उपाध्यक्षमा घमान सिंह बस्नेत, महासचिवमा ध्रुव गिरी, सचिवमा श्यामसुन्दर अधिकारी, कोषाध्यक्षमा तोप बहादुर थापा, सदस्यहरुमा तारा वली, रमेश मल्ल, मनोनीत सदस्य सुन्दर गुरुङ लगायत १२ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *