
काठमाडौं- औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक डा. अस्फाक शेखको निधन भएको छ। ८० वर्षीय डा. शेखको आज निधन भएकाे हाे। डा. शेष २०४६ अघिदेखि २०५७ सम्म औषधि व्यवस्था विभागको महानिर्देशक थिए।
विभागका पूर्व महानिर्देशक नारायण ढकालले डा. शेखको मृत्युको पुष्टि गर्दै भने, ‘के कारणले मृत्यु भएको भन्ने जानकारी छैन। उहाँ सुगरको बिरामी हुनुहुन्थ्यो।’ डा. शेषकाे फार्मेसी जगतमा ठूलो योगदान रहेकाे ढकालले बताए।