३० फागुन, काठमाडौं । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका-४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईंलाई ९० लाखको चिठ्ठा पर्यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ ।
गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पीडितहरूबाट २९ लाख ४० हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
यो समाचार अनलाइनखवर म छ