शनिबार मात्रै भारत बाट नेपाल आउने ४६ जनामा कोरोना पुष्टि,

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : जमुनाह नाकामा शनिवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।

भारतबाट आएका नेपालीको कोरोना जाँच गर्दा ४६ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।

शनिवार शुक्रवार ३७ र विहीवार २७ जनामा कोरोना पुष्टि भएको थियो । शनिवार पुष्टि भएका कोरोना संक्रमित मध्ये १४ जना महिला छन् ।

भारतमा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकोले जमुनाह नाकामा फेला परेका संक्रमितमा पनि ओमिक्रोन भेरियन्ट भएको दावी जिल्ला स्वास्थ्य कार्यालय बाँकेले गरेको छ ।

एन्टिजिन विधिबाट शनिवार सात सय ६६ जनाको कोरोना जाँच गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *