‘भोली प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको खोप लगाउने’

मुख्य खबर

प्रधानमन्त्री केपी ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । ओलीले आइतबार बिहान शिक्षण अस्पताल पुगेर कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा शनिबार आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा त्रिपाठीले प्रधानमन्त्री ओलीले खोप लगाउने जानकारी दिएका हुन् । मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।

आइतबार नै संवैधानिक निकायका प्रमुखहरूले पनि खोप लगाउने उनले बताए । त्रिपाठीले कोभ्याक्सलगायत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजाने गरी सरकारले तयारी गरिरहेको पनि बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *