एमबाप्पे र बेन्जेमालाई पछि पार्दै मेसी बने फिफा वर्ष खेलाडी

अन्य उज्यालो खबर मुख्य खबर

काठमाडाैँ । अर्जेन्टिनाका कप्तान एवम् पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कपको उपाधि जितेको थियो । मेस्सीले सन् २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए । दोस्रो पटक यो अवार्ड जितेपछि मेस्सीले आफूले लामो समयदेखि देखेको सपना पूरा गरेको बताए ।

पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको पुरुष प्रशिक्षक घोषित भए । स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारे ।

त्यस्तै अर्जेन्टिनाकै एमिलियानो मार्टिनेज उत्कृष्ट गोलकिपर घोषित भए । ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको पेनाल्टी शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताएका थिए ।

महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट खेलाडी घोषित भइन् । इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । महिलातर्फ उत्कृष्ट गोलकिपर इङ्ल्यान्डकी मेरी अरप्स बनिन् । फिफ्प्रो पुरुष विश्व इलेवनमा थिबाउट कोर्टुवा, अचराफ हाकिमी, भर्जिल भ्यान डाइक, जोआओ क्यान्सेलो, केभिन डी ब्रुएना, लुका मोड्रिच, कासेमिरो, लियोनेल मेस्सी, एर्लिङ हालान्ड, करिम बेन्जेमा र केलियन एमबाप्पे पर्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *