नेपालगन्ज :
नेपालगन्ज लगायत तराइका विभिन्न जिल्लाहरुमा बिहिवार देखि नै लगातार बर्षा भएको छ ।
बिहिवार केही बेर असिना समेत परेको नेपालगन्जमा लगातार भएको बर्षाले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसो र सितलहरको कारण कष्टकर बनेको नेपालगन्जको जनजीवन लगातारको बर्षाले झनै कष्टकर बनेको छ ।
दैनिक रुपमा कामगरेर जीवन निर्वाह गर्ने समुदायको लागि लगातार परेको बर्षाले दैनिक गुजारमा समेत समस्या पारेको छ । बजारहरुमा चहलपहल न्यून छ भने ब्यवसायमा समेत कमि आएको ब्यापारीहरु बताउछन् ।