उपकुलपति लगायतका ब्यक्तित्वलाई क्यान महासंघ बाँकेद्वारा सम्मान !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : क्यान महासंघ बाँकेले लुम्बिनी प्राविधिक बिश्वबिद्धालयका उपकुलपति तथा कुल सचीव लगायतका ब्यक्तित्वलाई सम्मान प्रदान गरेको छ ।

क्यान महासंघ बाँकेले बुधबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्राविधिक बिश्वबिद्धालका उपकुलपति प्रा.डा. बिनोद प्रसाद ढकाल र लुम्बिनी प्राविधिक बिश्वबिद्धालयका कुल सचिव (रजिस्ट्रार) रेग बहादुर भण्डारीलाई सम्मान प्रदान गरेको छ ।

आजै महासंघ बाँकेले क्यान महासंघ नेपाल केन्द्रीय उपाध्यक्ष ध्रुब राज शर्मा (सुदिप) र क्यान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सैनालाई सम्मान प्रदान गर्दै क्यानको प्रदेश तथा केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन सफल भएकोमा बधाई प्रदान गरिएको छ ।

सम्मान कार्यक्रम क्यान महासंघ बाँकेका अध्यक्ष शिशिर नारायण श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रममा क्यान महासंघ बाँकेको कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको क्यान महासंघ बाँकेका मिडिया कभरेज एण्ड कोर्डिनेशन समितिका संयोजक रमेश क्षेत्रीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *