घरदैलो अभियानमा हिँडेका एक नेताले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेता पक्राउ !

उज्यालो खबर मुख्य खबर

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रसुवाबाट प्रहरीले एक जना माओवादी नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश विक रहेका छन् ।

विकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *