नारायणी अस्पतालमा बिरामीको चाप,भाइरल ज्वरोको प्रकोप बढ्यो !

उज्यालो खबर मुख्य खबर

वीरगंज (पर्सा) । पर्सामा अहिले ‘भाइरल ज्वरो’ को प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता लक्षणका विरामीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको हो । अहिले नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये ७० देखि ८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । वीरगंज स्थित नारायणी अस्पतालमा दैनिक १ सयदेखि १ सय २५ जनाको संख्यामा चेकजाँचका लागि आउने विरामीहरुमध्ये ७०÷८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. उदयनारायण सिंहका अनुसार हाल गर्मी बढेसँगै भाइरल ज्वरो, सर्पदँश, झाडापखाला जस्ता विरामीहरुको संख्या बढेको हो, जसमा भाइरल ज्वरोका विरामीहरुको संख्या बढि छ । मौसम परिवर्तन भएपछि भाइरस सक्रिय भई भाइरल ज्वरोका विरामीहरुको संख्या बढेको भन्दै डा. सिंहले तुलनात्मक रुपमा भाइरल ज्वरोका विरामीहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ तर गम्भिर अवस्थाका विरामीहरु नभई सामान्य ज्वरो, रुघाखोकी जस्ता विरामीहरु अहिले बढि आउने गरेको बताए ।

वीरगंज लगायत जिल्लाको ग्रामीण भेगमा घरपिच्छे भाइरल ज्वरोका संक्रमितहरुको संख्यामा वृद्धि भएको देखिन्छ । शरिर गल्ने, आलस्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता भाइरल ज्वरोका बिरामीहरुको संख्यामा वृद्धि भएको हो । इन्फ्लुएन्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा÷हाच्छिउ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएन्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैँ पनि निको हन्छ । तर, विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य स्वाँसप्रस्वाँसबाट ग्रसित) जस्ता विरामीहरु यसबाट बढि प्रभाविवत हुने गरेका छन् । ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएन्जाका सामान्य लक्षण हुन् ।

इन्फ्लुएन्जाको संक्रमणबाट जोगिन खोक्दा, हाच्छिउ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा/पाखुराले), साबुन पानीले पटकपटक हात धुने जस्ता कार्यहरुप्रति ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । अहिलेको अवस्थामा यसबाट बच्नका लागि खानपिनमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने बताए । खाने कुरामा बढि झोलिलो पदार्थ खाने, बेला बेलामा पानी खाइराख्ने, हरियो साग सब्जी बढि खाने जस्ता पोषणयुक्त खाना खाने डा. सिंहको भनाई छ । परिवारको कुनै एकजना सदस्यमा यस्ता किसिमका लक्षण देखा परे चाँडै सर्ने भएकोले सकेसम्म विरामीलाई बेग्लै राख्ने, आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, जथाभावी नथुक्ने/सिँगान नफाल्ने जस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।

यो खवर news24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *