बाँके फागुन १० गते ।
बलात्कारको आरोप लागेपछि नेपालगन्ज स्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवाललाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका गणित विषयका शिक्षक जयसवालले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रामाथि बलात्कारको प्रयास गरेको उजुरी प्रहरीमा परेपछि पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । बलात्कार पीडित छात्राले दिएको जाहेरीमा शिक्षक जयसवालले माघ २५ गते बेलुका साढे ७ बजे कोचिङ सेन्टरमा अन्य विद्यार्थी उपस्थित हुनुअगावै छात्रामाथि बलात्कार प्रयास गरेको उल्लेख छ ।
छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाइएको डिएसपी न्यौपानेले बताउनुभयो ।