‘लिभिङ टुगेदर’ सम्बन्धि नेपालमा कानुन बन्दै

उज्यालो खबर मुख्य खबर

काठमाडाैं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाईएको बताए। उनले दोस्रो विवाह गर्न नपाउने कानूनि व्यवस्था गरिएको तर लिभिङ टुगेदर बारे उल्लेख नभएको बताए । घटनाक्रम हेर्दा लिभिङ टुगेदरको समस्याबाट महिलाहरुमा बढी पीडित देखिएको तर्क उनले गरे ।

अधिवक्ता आचार्यले भने, ‘विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाइएको छ। लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ। दोस्रो विवाह गर्न नपाउने कानूनि व्यवस्था गरिएको छ। तर लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरु नै बढी पीडित हुँदै जाने सम्भावना देखिँदै गएको छ। विवाहित पुरुषले अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने धेरै छन्। यसबारे स्पष्ट ऐन बनायो भने सहज हुन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *