उपप्रमुख कमरुद्दिन राईको नेतृत्वम नेपालगन्जका स्वास्थ्य संस्थामा छड्के ! स्वास्थका कुरा

उज्यालो खबर उज्यालो बहस मुख्य खबर स्वास्थका कुरा

बाँके मंसिर १८ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ ।

नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का जयसपुर आयुर्वेद औषधालयका कर्मचारी बिन्देश्वर शाह एक हप्ता देखि गयल देखिएको भेटिएको छ । शाह बिन जानकारी गयल देखिएको अनुगमन टोलीले फेला पारेको हो ।

त्यसक्रममा उपप्रमुख राईले स्वास्थ्य सेवालाई प्रभावकारी र बिरामीमैत्री बनाउन निर्देशन दिनु भएको थियो । उहाँले कार्यालय समयमा नभेटिने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *