चैत २५ गतेदेखि चिनियाँ खोप लगाउने निर्णय

मुख्य खबर स्वास्थका कुरा

२२ चैत, काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ ।

चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलगायत पर्छन् । चिनियाँ कम्पनीले उत्पादन गरेको खोप भेरोसेल’ नेपालमा प्रयोगका लागि औषधि व्यवस्था विभागले ४ फागुनमै आपतकालीन अनुमति दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *