बन्द क्रिकेट प्रशिक्षणमा २० क्रिकेटर

मुख्य खबर

२२ चैत, काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा शरद भेषावकर र बसन्त रेग्मी परेनन् ।

३३ वर्षीय भेषावकर नेपाली टोलीका भेट्रान ब्याट्सम्यान हुन् भने ३५ वर्षका रेग्मी लेफ्ट आर्म अर्थोडक्स स्पीनर । पछिल्लो समय राष्ट्रिय टिममा कमै देखिएका दुबैको फिटनेसमा समस्या छ । त्यसमाथि टी–२० बढी शारीरिक खेल हुने भएकाले भेषावकर र रेग्मी दुबैलाई एकदिवसीयमा बढी केन्द्रित गर्ने प्रशिक्षक डेभ वाटमोरको रणनीति छ ।

टी–२० टिममा भने युवा खेलाडीको बहुल्य छ । त्यसैपनि नेपाली टोलीमा युवा सदस्यहरु धेरै छन् । भेषावकर र रेग्मीलाई एकदिवसीयमा केन्द्रित गराउँदा टी–२० मा थप युवा खेलाडीहरुले अवसर पाउने छनोटकर्ताहरुको विश्लेषण छ ।

त्रिकोणात्मक श्रृङ्खलाका लागि बन्द प्रशिक्षणमा बोलाइएको टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र विनोद भण्डारी ३० वर्षभन्दा माथिका हुन् भने करण केसी पनि ३० वर्षका भए । सुशन  भारी २६ वर्षका भए ।

बाँकी १५ जना २५ वर्ष वा सोभन्दा कम उमेरका छन्, जसमा उपकप्तानको भूमिका निभाउँदै आएका दीपेन्द्र सिंह ऐरीका साथै सन्दीप लामिछाने, सोमपाल कामी, आविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुलश भुर्तेल, कुशल मल्ल, लोकेस बम, कमल सिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप नोरा, विक्रम शोब, पवन शरार्फ र ललित नारायण राजवंशी छन् ।

बन्द प्रशिक्षक पर्सि २४ चैतदेखि सुरु हुनेछ । नेपाल, नेदरल्याण्ड्स र मलेसियाको त्रिकोणात्मक श्रृङ्खला ४ वैशाखबाट त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *