पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक करिब साढे आठ घण्टापछि खुलेको छ !

उज्यालो खबर मुख्य खबर

चितवन : पहिरोले अवरुद्ध नारायणघाट मुग्लिन सडक सञ्चालनमा आएको छ। 

अविरल वर्षाका कारण आएको पहिरोले आठ घण्टाअघि सडक अवरुद्ध भएको थियो। 

बिहान ६ बजे खसेको पहिरो दिउँसो साढे दुई बजे हटाइएको हो। दुईवटा डोजरले लगातार पहिरो पन्छाएका थिए। भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा बिहान ६ बजे लेदोसहितको पहिरो खसेको हो। 

पहिरो हटाएपनि सवारी जाम भएको छ। त्यस्तै उक्त सडक खण्डको १८ किलो र ५ किलोमा खसेको पहिरो भने पहिलै हटाइएको थियो। पहिरोले सडक अवरुद्ध हुँदा गाडी र यात्रु अलपत्र परेका थिए। यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *