धादिङ । रासायनिक मलको चरम अभावका बेला धादिङको धुनिबेसी नगरपालिका–६ धार्के बजारमा किसानहरुले दुई ट्रक मल खोसेका छन् ।
शनिबार भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेका हुन् ।
ट्रकबाट एकाएक किसानहरुले मल झिक्न थालेपछि प्रहरीले मल खोस्नबाट रोक्ने प्रयास गरेका थिए । तर, किसानहरुको भीडका अगाडि प्रहरीले मल खोसिनबाट जोगाउन सकेन ।
करिब ५ सय किसानले मलको बोरा बोकेर घर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्न लागेको उजुरीपश्चात् राजश्व विभागले छापा मारेको थियो । तर, छापा हान्नु र मल गायब हुनु सँगसँगै भयो ।