सोमबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सोमबार बानेश्वरको मुख्य सडकमा जनमानसमा त्रास उत्पन्न गराउने उद्धेश्यले प्रेसर कुकर राखेको आरोपमा काभ्रेका २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार महतलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो । उनी अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको एसपी कोइरालाले जानकारी दिएका छन् । महतसँग मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्रास फैलाउनका लागि बम भन्दै सडकमा खालि कुकर राखिएको थियो ।
यो खबर कान्तिपुर म छ ।