सहिद सेतु बिकको शालिक तोडफोड !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज :

नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको स्व. राजा वीरेन्द्रको शालिक राख्ने क्रममा नेपालगन्ज तनावग्रस्त बनेको छ ।

त्यसक्रममा झडप हुँदा हवाई फायरको आवाज सुनिएको छ भने  उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।

त्यस्तैमा धम्बोझी चोक देखी करिब १ मिटरको दुरिमा रहेको सहिद सेतु बिक चोकमा रहेको सहिद सेतु बिकको शालिकमा केही युवाहरुले तोडफोड गरेका छन् ।

तोडफोडको प्रयास गर्ने युवालाई प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएको छ ।

एक हुल युवाहरुले हथौड़ाको प्रयोग गरि सहिद सेतु बिकको शालिक तोडफोड गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *