मुस्लिम समुदायले सब–ए–बारात पर्व मनाए

उज्यालो खबर मुख्य खबर

नेपालगंज । अरबीको दुई शब्द मिलेर बनेको छ सब–ए–बारात । सब भनेको रात र बारात भनेको निजात (छुटकारा पाउनु) अर्थात गुनाह (पाप) बाट छुटकारा पाउने रातलाई सब–ए–बारात भनिन्छ ।

इस्लामिक क्यालेण्डर अनुसार ८ महिनाको १४ र १५ तारीखमा मनाइन्छ । १४ तारीखमा मीठो खाना र हलुवा बनाएर फातेहा गराएर गरीब, दुःख, अस्हायलाई खाना खुवाउने गरिन्छ । त्यसपछि रातभर जागरण बसी कुरान पाठ, नवाफिल नमाज पढ्नुका साथै १५ तारीख बिहान फज्रको नमाज बढेर नजिकको कब्रस्तान (मशान) मा गएर आप्mना पूर्वजहरुको नाममा फातिहा र दुआ गर्ने गर्दछन् । १५ तारीखका दिन नै बिहानु सूर्य उदाउनु भन्दा पहिला देखि लिएर सूर्य अस्ताइसके सम्म दिनभर निर्जल ब्रत पनि बस्ने गर्दछन् ।

यस रातमा मुस्लिम धर्मावलम्बीले आ–आप्mनो नातेदार र मृत्यु भइसकेका पूर्वजहरुका लागि निजात अर्थात स्वर्गमा बासका लागि दुआ (प्रार्थना) पनि गर्दछन । इस्लाम धर्मानुसार अल्लाह (ईश्वर) ले आउने एक वर्षमा नयाँ बच्चाहरुको जन्म र र जिवित रहेका मानिसहरुको मृत्यु कहिले, कहाँ कसरी हुने हो भन्ने कुराको लेखाजोखा लेखिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *