बच्चाहरुमा टाइफाइड ज्वरो भएमा रोकथाम कसरी गर्ने

मुख्य खबर स्वास्थका कुरा

डा. रोमा बोरा

एशोसिएट प्रोफेसर (बालरोग विभाग)
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंज

टाइफाइड ज्वरो ब्याक्टिरिया (किटाणु)बाट हुने एउटा संक्रमक रोग हो । यो रोग वातावरणीय सर–सफाईको कमिले गर्दा हुन्छ । यो रोग संक्रमित दिसा, पिसाबले सर्दछ । यो रोग सर्ने अन्य कारणहरु संक्रमित पानी, झिंगा बसेका खाना खानाले, संक्रमित हात आदि पर्दछन् । यदि फलपूmल र तरकारी संक्रमित पानीमा धोएको छ भने पनि यो रोग सर्न सक्छ । यो रोग जुन पनि मौसममा हुन सक्छ तर गर्मी र वर्षायाममा झिंगाको संख्या बढ्नाले यो रोग बढी हुन्छ । संक्रमित पानी, खुल्ललामा दिसा पिसाब गर्नाले, खाना छोपे र नराख्नाले, व्यक्तिगत सर–सफाईको कमीले यो रोग हुने सम्भवना बढी हुन्छ ।


लक्षणहरु

  • टाइफाइड ज्वरोका लक्षणहरु साधारण देखि जटिल सम्म हुन सक्दछ ।
  • ज्वरो आउने
  • जिउ दुःख्ने
  • भोक नलाग्ने
  • टाउको दुःख्ने
  • बान्ता हुने
  • पेट दुःख्ने वा फुल्ने
  • पठ्ठ पर्ने
  • पखाला लाग्ने

जटिलता

  • आन्द्रामा घाउ हुने
  • आन्द्राबाट रगत बग्ने
  • कलेजो पित थैलीमा समस्या हुने
  • पिसाबको संक्रमण हुने
  • मस्तिष्कमा विभिन्न प्रकारको समस्या हुने
  • रगतको कमी हुने
  • मुटुमा समस्या हुने
  • निमोनिया आदि ।

व्यवस्थापन

  • ज्वरोका लागि ज्वरोको औषधी गर्ने, पानी पट्टी गर्ने, झोलिलो कुराहरु खुवाउने, पोषिलो खाना, प्रशस्त आराम गराउने, सर–सफाईमा ध्यान दिने र चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने ।

रोकथाम

व्यक्तिगत र वातावरणीय सर–सफाईमा ध्यान दिने, साबुन पानीले राम्रोसंग हात धुने, उमालेर चिसो बनाएको पानी खाने, खाने कुराहरु ढाके र राख्ने, झिंगाको नियन्त्रण गर्ने, यो रोगको रोकथामको लागि भ्याक्सिन पनि लगाउन सक्छौं । टाइफाइडको भ्याक्सिन दुई वर्षको उमेर पछि हरेक दुई तीन वर्षमा लगाउनु पर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *