काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (वालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा पुगेर मेयर वालेनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
उक्त भेटको अवसरमा काठमाडौं महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका थिए ।
त्यस्तै मेयर साहले पनि काठमाडौं महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।