भारतीय वायुसेनाको विमान सुरक्षाकर्मी लिएर भैरहवा आयो !

उज्यालो खबर मुख्य खबर

बुटवल । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् । मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको बिहान आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट सोझै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हो । प्रवक्ता शाहका अनुसार भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *