श्री एयरलाईनसको जहाजमा समस्या आएपछि आकस्मिक काठमाडौंमै अवतरण !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा समस्य देखिएपछि पुन:  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रु लिएर उडिसकेको श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाजको बायाँ तर्फको इन्जिनमा समसया देखिएको हो ।

उक्त जहाजको इन्जिनमा २५ माइलमा पुगेपछि समस्या देखिएको थियो । जहाजको इन्जिन सटडाउन गरेर आकस्मिक रुपमा सकुुसल अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *