एमाले जानकीको प्रतिबद्धतापत्र सार्वजनिक : पक्की सडक देखी फुसको छानो रहित गाउँपालिका बनाउने उद्घोष !

उज्यालो खबर मुख्य खबर हेलो स्थानीय सरकार

नेपालगन्ज : पक्की सडक, शिप मुलक शिक्षा किसान मैत्री नीति, फुसको छानो रहित जानकी गाउँपालिका बनाउने उद्घोष सहित नेकपा एमाले जानकी गाउँ पालिकाले प्रतिबद्धता पत्र सहित निर्वाचनमा होमिएको छ ।

स्थानिय तहको निर्वाचन वैशाख ३० गतेका लागि आज शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले जानकी गाउँ पालिका तर्फ बाट उमेदवार बनेका प्रतिनिधिहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

१४ बुँदे प्रतिबद्धता सहित नेकपा एमाले जानकी गाउँपालिका चुनावी मैदानमा उत्रेको अध्यक्ष पदका उम्मेदवार हिमांशु यादवले जानकारी दिए ।

प्रतिबद्धता पत्रमा क्षमता विकास तथा सामाजिक न्याय, जेष्ठ नागरिक, भूमि व्यवस्था, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा सिचाइँ, महिला तथा बालबालिका, बन र वातावरण, युवा रोजगार, खानेपानी, खेलकुद, पर्यटन तथा धार्मिक र संस्थागत विकास रहेका छन् ।

कुल ८७ अंकको मुखपृष्ठमा प्रतिवद्धतालाई समेट्न खोजिएको छ । जसमा सामुदायीक विद्यालयमा अध्ययन गरेका उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई ल्याप्टप वितरण , ११ कक्षा माथिका छात्रालाई साइकल सुविधा देखि फुसको छाना रहित बनाउने त्यस्ता धेरै प्रतिबद्धता सार्वजनिक गरिएको उपाध्यक्ष पदका उम्मेदवार भुमिसरा धितालले जानकारी दिइन् ।

ब्यवसायीक किसानहरुका लागि ५० युनिट सम्म निशुल्क प्रयोग गर्ने गर्न दिने सोको बिल गाउँपालिकाले बेहोर्ने उपाध्यक्षको उमेदवार धितालले जनाइन् । एक घर एक फलफूल अभियान पनि सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *