ताप्लेजुङ — जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप पनेरुमाथि छ ।
सदरमुकाम फुङलिङको कोप्चे लाइनको एक घरबाट उनलाई अख्तियारले पक्राउ गरेको हो । उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् । यो खबर कान्तिपुुर म छ ।