काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते !

उज्यालो खबर मुख्य खबर

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ ।

१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *