चितवन — छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार दुई शिक्षक गिरफ्तार भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
गिरफ्तार हुनेमा भरतपुर महानगरपालिका-१३ गंगानगरको श्री गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका छन् ।
भट्टराईविरूद्ध सो विद्यालयमा कक्षा ४ मा पढ्ने छात्रा र देवकोटाविरूद्ध कक्षा ६ मा पढ्ने छात्राका अभिभावकले बिहीबार नै जाहेरी दिएका थिए । भट्टराई र देवकोटाले पढाउने क्रममा नै कक्षा कोठामै यौन दुर्व्यवहार गर्ने छात्राहरूको आरोप छ ।