जाजरकोट । १२ बर्षिय बालिका बलात्कारको आरोपमा ५४ बर्षिय एक परुष पक्राउ परेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका १२ का ५४ बर्षिय आजे बस्नेतलाई बलात्कार आरोपमा प्रहरी पक्राउ गरेको हो । यही जेठ २६ गते जंगलमा गाई बाख्रा चराउन गएकी १२ बर्षकी बालीकालाई प्रलोवनमा पारेर बलात्कार गरेको आरोप लागेको छ ।
बालिकालाई ललाई फकाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय रग्दामा आफन्तले खबर गरेपछि बस्नेलाइ पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।