अर्घाखाँचीमा सिरक डसना उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति !

उज्यालो खबर मुख्य खबर

अर्घाखाँची : अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ। सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए।

आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसनालगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा २ घण्टापछि होस आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। आगो विद्युत सटभएर लागेको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *