म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने ?

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं: स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो।

नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ। म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ। त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता तोकिएको छ। सबै गरेर प्रतिव्यक्ति म्यादी प्रहरीले ४३ हजार बढी रुपैँया पाउनेछन्। म्यादी प्रहरीमा भर्ना हुन् १८ देखि ५४ वर्ष हुनुपर्ने बताइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *