नेपालगन्ज : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुर स्थित नेपाल-भारत सिमानाकाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना ब्यक्ती पक्राउ परेका छन् ।
बुधबार इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरीको टोलिले नेपाल-भारत सिमानाकाको बाटोमा दुई जनाको साथबाट करिब ६९ ग्राम प्रतिबन्धित लागुऔसध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका ८ कण्ठपुर स्थित नेपाल-भारत सिमानाकाको बाटोमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले भारतको बहराइच जिल्ला बस्ने बर्ष २५ कि सबिना साई र सोही ठेगानाका बर्ष २६ को सद्दाम साईलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
सबिना साईको साथबाट प्रहरीले ३७ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ३९ ग्राम २१० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३३ ग्राम ०९० मिलीग्राम तौल रहेको लागु ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सद्दाम साईको साथबाट ३९ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ४१ ग्राम ३२० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३५ ग्राम ०४० मिलीग्राम तौल भएको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ फेलापारी बरामद गरेको प्रहरी निरीक्षक जोशिले बताएका छन् ।
ब्राउन सुगर सहित पक्राउ परेका दुबैलाई सोधपुछ पछि उक्त लागू औसध काठमाडौंबाट आएको एक कारोबारीलाई दिन जाँदै गरेको भन्ने थाहा पाए पछि प्रहरीको टोलिले काठमाडौं महानगरपालिका ४ बालुवाटार स्थाई घर भइ धापासी बस्ने सुमन केसिलाई समेत पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका ३ नै जनालाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक धर्मराज जोशिले जानकारी दिएका छन् ।