बिग बोसको १४ संस्करणको विजेता रुबिना

उज्यालो रंगमन्च मुख्य खबर

नेपालगन्ज। भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् ।

रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *