कल्पना दाहाल र कार्साङ तामाङको “जिन्दगानी बगेको खोली हो” सार्बजनिकको तयारि

उज्यालो खबर मुख्य खबर

कुमार लामिछाने काठमाडौँ १५ माघ २०७८

नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम “जिन्दगानी बगेको खोली हो” बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्।

कार्साङ तामाङको लय शब्द सृजनामा तयार भएको यस एल्बममा कल्पना दाहाल, कार्साङ तामाङ र रूपनारायण लामिछानेको सुमधुर आवाज सुन्न सकिने छ , दिनेश पराजुलीको छायांकन रहेको एस एल्बममा माधब श्रेष्ठको उत्कृष्ट नृत्य निर्देशन रहेको छ।

सामाजिक सञ्जाल टिकटक मार्फत आफ्ना नृत्यकला प्रदर्शन गर्दै अत्यधिक दर्शकको मन जित्न सफल जोडी गणेश लामा, सीता लामा र पार्वती तामाङको मुख्य अभिनय रहेको यस एल्बल्मका गायक तथा सर्जक कार्संग तामांगका सिन्धु मेलम्ची हाम्रो गाउ , धोका दियौं किन , जान पाइन घरमा जस्ता दर्जनौ सफल सिर्जना यस अघि पनि बजारमा आइसकेका छन । यस एल्बमको अडियो भिडियो कार्साङ तामाङ अफिसियल युटुब च्यानलमा हेर्न र सुन्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *