बाँकेमा बजार बन्द गराउँदै हिडेका पाँच जना पक्राउ

उज्यालो खबर मुख्य खबर

बाँके फागुन १६ गते ।
संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेका छन् । यसको आशिंक प्रभाव नेपालगन्जमा पनि परेको छ ।

आज बिहान हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । विद्यालय बन्द छन् । जिल्लाबाट छुट्ने लामोदुरीका गाडी चलेका छैनन् भने बजारमा पनि अन्य दिनको तुलनामा गाडीहरु कम चलेका छन् ।

राजमार्गमा पनि कम मात्रै गाडी चलेका ट्राफिक प्रहरीले जनाएको छ । राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी खटिएका छन् ।

यसैबीच नेपालगन्जको वीपी चोकमा बजार बन्द गराउँदै हिडेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उता बन्दले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आंशिक प्रभाव परेको छ ।

बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका सवारीहरु सञ्चालनमा आएका छैनन् । राजधानीबाट बाहिरिने भित्रने कुनै पनि सवारी नचलेको कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

साथै बजार पनि ठप्प छ । पछिल्ला दिनहरुमा बन्द आह्वान हुँदा नागरिकले स्वतःस्फूर्त रुपमा त्यसको अवज्ञा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *