सीडीओ कार्यालय अगाडि, एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

उज्यालो खबर मुख्य खबर

बाँके फागुन ८ गते ।
एमसीसी खारेज हुनु पर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनमोर्चाले आज जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरेको छ ।

एमसीसी जस्तो राष्ट्रघाती परियोजना नेपालको हितमा नभएको भन्दै तत्काल खारेज गर्नुपर्ने जनमोर्चाको माग छ ।

प्रतिनिधिसभामा एमसीसी परियोजना टेवल भएलगत्तै जनमोर्चापनि त्यसको विरोधमा सडकमा ओर्लिएको छ ।

जनमोर्चाका केन्द्रीय सल्लाहाकार मोमिना खातुनले विदेशी अनुदानका नाममा राष्ट्रियता साट्न नमिल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *