पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ म्युजिक भिडियोमा सार्वजनिक !

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् । 

यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । मुस्ताङको सुन्दर लोकेसनमा भिडियो खिचिएको हो । 

यो गीतमा टिका बम्जनको शब्द एवं संगीत छ भने हिमाल सागर र अनु चौधरीले यसमा स्वर दिएका छन् । गीतलाई शहस शाक्यले एरेन्ज गरेका हुन् । 

शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ । बिदुर सिग्देल निर्माता रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन, सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

ओएसआर डिटिजलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *